प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्।
यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन्।
यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन्।
उनी पुस १०,०७९ मा प्रधानमन्त्री भएका थिए। अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन्।