लमजुङ दोर्दी गाउँपालिका-९ स्याउत सुनार गाउँका विकल सुनार एसईई नतिजाको पर्खाइमा थिए। चैतमा परीक्षा दिएर बसेका १६ वर्षीय विकलले आफू पास पाएको खबर भने सुन्न पाएनन्।

बिहीबार एसईईको नतिजा सार्वजनिक भयो। जनकल्याण माध्यमिक विद्यालय चिति तिलाहरबाट परीक्षा दिएका विकल २.८० जीपीएका साथ उत्तीर्ण भएका छन्।

वर्षातसँगै आएको पहिरोले नतिजा सार्वजनिक भएको एक दिनअघिमात्र घरसहित उनलाई पनि बगाएको थियो। पहिरोमा परी उनका दाइ मिलन सुनार घाइते छन्।