मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका–७ राजकुमार सिंहको ग्वालीबाट एक हजार ५ सय केजी गाँजा बरामद गरेको हो।
आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको गोठमा प्रहरी टोलीले छापा मारेर ४९ बोरा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए। बरामद गरेको गाँजासहित प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ठुलो परिमाणमा गाँजा बरामद गरेपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफै घटना स्थल पुगेका थिए।
एक महिना अगाडी सिंहको घरमा गाँजा भण्डारन गरेको बुझिएको छ। पहाडी जिल्ला धनकुटाबाट गाँजा ल्याएर राखेको हुनसक्ने भएको प्रहरीले कारोबारी समात्न लागि परेको छ। भारत तस्करी हुन लागेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।