सङ्खुवासभाको चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट विस्फोटक पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय वसन्त कुमाल र २७ वर्षीय विकास कुमाल रहेका छन्।
अस्थायी प्रहरी पोस्ट सभा खोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ।