मोरङको बेलबारी नगरपालिकामा बिजुलीको पोलमा साइकल ठोकिएर दुर्घटना हुदाँ एकको मृत्यु भएको छ। बेलबारी नगरपालिका वडा नं ५ का वर्ष ६० को टिकाराम पुरीको गतराति साइकल दुर्घटना हुँदा मृत्यु भएको हो।

पुरी सोमबार राती नै घरबाट साइकल लिएर हिडेका थिए। तर राती सम्म पुरी घर नआएपछी प्रहरी र उनका आफन्तहरु पुरीलाई खोज्न निस्किएका थिए। मंगलबार बिहान घर नजिकै रहेको कुलोमा मृत अवस्थामा साइकल सहित आफन्तले पुरीको शव भेट्टाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकले अत्याधिक मात्रामा मापसे गरेको कारण साइकल अनियंत्रित भई बिजुलीको पोलमा ठोक्किएर कुलो भित्र पसेको अनुमान गरेको छ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।