नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुन मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा  कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ।