नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै पछिल्ला गतिविधि हेर्दा बालेनले लाखौं युवालाई धोका दिन खोजेको उनको आरोप छ।
नेताहरू जेल बसेको विषयलाई मजाकका रूपमा प्रस्तुत गरेकोमा समेत भट्टराईले असन्तुष्टि पोखे।
उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन्।
नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए।