न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भएको छ। काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्युरोड क्षेत्रको सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो।

सडक विभागले सोमबार बिहान सडकमा पिच गर्न लागेपछि काठमाडौँ महानगरका प्रहरीले अवरोध गरेका छन्। विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ।