बेलबारी : एक वर्षदेखि मोरङको बेलबारी नगरपालिका १ मा सञ्चालित भावना टिभी रेडियो ट्रेडर्सले डिस होमको इन्टरनेट तथा डीटीएच सेवा पनि वितरण गर्न थालेको छ। डिस होमको आधिकारिक वितरकका रूपमा सो ट्रेडर्सले फाइबर इन्टरनेट र डीटीएच सेवा बेलबारीका विभिन्न वडामा विस्तार गर्न थालेको हो।

डीटीएच सेवामार्फत् विभिन्न टेलिभिजन च्यानल हेर्नका लागि वार्षिक तीन हजार, तीन हजार पाँच सय र चार हजार रुपियाँ दरका छुट्टाछुट्टै प्याकेज उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ। नयाँ वर्षका अवसरमा ग्राहकलाई आकर्षित गर्न कम्पनीले वार्षिक रिचार्जका हरेक प्याकेजमा हात खाली नजाने लक्की ड्र प्रतियोगिता पनि सञ्चालनमा ल्याएको छ। यसबाट हरेक ग्राहकले कुनै न कुनै उपहार जित्न सक्नेछन्।

यसैगरी, फाइबर इन्टरनेट सेवातर्फ पनि कम्पनीले आकर्षक छुटसहित नयाँ वर्षको विशेष अफर सञ्चालन गरेको छ। यसअन्तर्गत ५० एमबीपीएस स्पिडको इन्टरनेट सेवा ग्राहकले वार्षिक सात हजार ६ सय ३० रुपियाँमा उपभोग गर्न पाउनेछन्। यसैगरी, वार्षिक नौ हजार नौ सय ३० रुपियाँ भुक्तान गर्ने ग्राहकले दुई सय एमबीपीएस स्पिडको इन्टरनेट सेवा पाउनेछन् भने तीन सय एमबीपीएस स्पिडको इन्टरनेट सेवा पाउन ग्राहकले वार्षिक १२ हजार तीन सय ३० रुपियाँ भुक्तान गर्नुपर्ने कम्पनीको भनाइ छ।

वार्षिक प्याकेजको शुल्क बुझाउने ग्राहकले राउटर, ड्रप वायर तथा जडान सुविधा भने निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

बेलबारीका ग्राहकहरूले ९८४२०३५००० र ९८२४३८७००० मा सम्पर्क गरेर विस्तृत जानकारी तथा सेवा लिन सक्ने व्यवस्था भावना टीभी रेडियो ट्रेडर्सले मिलाएको छ।