भारतमा वैशाख २५ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको जोगबनी नाका तीन दिन बन्द हुने भएको छ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका आज साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म बन्द हुने भएको हो।

यसैगरी, मोरङको सिमा क्षेत्र पनि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाकाबन्द गर्नुपर्ने भएकाले निर्वाचनका लागि आइतबार साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ।