नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टि-२० विश्वकप खेल खेल्ने टोलीको बिदाइ गरेको छ।विश्वकप २ जुनदेखि २९ सम्म हुनेछ।

नेपाली टोली आज राति वेस्टइन्डिज जानेछ। बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, गृहमन्त्री रवि लामिछाने लगायतको सहभागिता रहको थियो।

टी–२० विश्वकपमा नेपालको समूह'डी'मा खेल तालिका

४ जुन : नेपालविरुद्ध नेदरल्यान्ड्स

१२ जुन : नेपालविरुद्ध श्रीलंका

१५ जुन : नेपालविरुद्ध दक्षिण अफ्रिका

१७ जुन : नेपालविरुद्ध बंगलादेश