मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरी फरार रहेका पदमबहादुर तामाङ पक्राउ परेका छन्।

सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोल निवासी ५० वर्षीय तामाङले ४५ वर्षीय श्रीमती मनमाया तामाङको हत्या गरेर फरार भएका थिए।

हिजो शुक्रबार राती १०ः३० बजेको समयमा स्थानयीहरुले नियन्त्रणमा लिई प्रहरी चौकीलाई जिम्मा लगाएका थिए।  तामाङ अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।