भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

बालाङखाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो आमचोक गाउँपालिका-८ बाह्रकुवामा जिप दुर्घटना भएको छ।दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिएका छन्। 

मृत्यु हुनेमा ३५ वर्षीया शान्तिकला राई रहेकी छन् भने दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।