चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो।
नाका सञ्चालन भएपछि व्यापार बढेको उहाँले बताउनुभयो। पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उहाँको भनाइ छ। उहाँले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताउनुभयो।