नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम पुगेका छन्।

इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि बुधबार आज हुने चुनावी सभालाई सम्बोधन गर्न ओली इलाम पुगेको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले बताए। 

सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि पुगेका छन्। 

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ। एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन्। 

नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन्। ओलीले मंगलबार बेलुका नै इलाम पुगेर असन्तुष्ट रहेका एमाले नेताहरूसँग पनि भेटेका थिए।