सुनसरीको चतरामा लागिरहेको कुम्भमेलामा दर्शन गरेर फर्किँदै गरेका भोजपुर षडानन्द १ नेपालडाँडा घर भएका २२ वर्षका सुजन गौतमको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। 

सोमबार राति प्रदेश १-०२-०४२ प ५०४९ नम्बरको  मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर वराहक्षेत्र नगरपालिका–५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका गौतमलाई उपचारका लागि विराटनगर न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि सोही मोटरसाइकलको पछाडि सवार रुद्र लुइँटेल घाइते भएका छन्।

घाइते लुइँटेलको अवस्था सामान्य रहेको छ।