इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुन देखाई ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले बिर्तामोडस्थित शनिश्चरे रोडबाट जाल्पागुडी सिलिगुडीका ५४ वर्षीय शेर बहादुर गिरीलाई पक्राउ गरेको हो।

गिरीले झापा बुद्धशान्ति २ बस्ने ४५ वर्षीय सविता सिटौलालाई काचो सुन भन्दै ललाई फकाई ६० हजार रुपैयाँमा विक्री गरेका थिए। बिर्तामोडको शनिश्चरे रोडमा गिरीले सिटौलालाई ठगी गरेपछि तत्कालै इप्रका अनारमनीमा जानकारी गराइएको थियो।

प्रहरीले जानकारी पाउनासाथ प्रहरी परिचालन गरेर शनिश्चरे रोडबाटै नक्कली सुन विक्री गर्ने गिरीलाई पक्राउ गर्न सफल भएको झापाका प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।