बेलबारी :

मोरङको बेलबारी नगरपालिका ११, लक्ष्मीमार्गस्थित डाँगीहाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ।

437864717_349240408121833_1606843511452755430_nशिवकुमार राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको नवनिर्वाचित कार्यसमितिका सचिव प्रसाद ढकालले जानकारी दिए। उनका अनुसार कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष निन्दाबहादुर थेवे र कोषाध्यक्ष रमिता गुरुङ रहेका छन् भने सहसचिवको स्थान रिक्त रहेको छ। यसैगरी, संस्थाका साधारण सदस्यहरूमा दुर्गाबहादुर खड्का, उत्तरबहादुर खत्री, शोभा राई, शान्ता तामाङ, उषा राई र कल्पना विमली क्षेत्री रहेका छन्।

437893355_2114612155565595_6775921620608829210_nयसैबीच, सोही कार्यसमितिले संस्थाको आयव्ययको आन्तरिक लेखापरीषण सम्पन्न गर्न तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ। वीरेन्द्र खत्रीको संयोजकत्वमा गठित लेखा समितिमा सूर्य अधिकारी र ऋषिकुमार नेपाल सदस्य रहेका छन्।