संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ। सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने  निर्णय गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताइएको छ। मन्त्रिपरिषद् बैठक अगाडि सत्ता सहयात्री दलका नेता एकाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो।

वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

कांग्रेसले निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि सत्ता सहयात्री दलले छिटै अधिवेशन अन्त्य गरेको बुझिएको छ।