हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ। गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताउनुभयो। अहिले उहाँको शव  आफन्तको जिम्मा लगाइएको छ। भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उहाँले बताउनुभयो।