सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौकस्थित दुहबी ईनरुवा सडक छेउमा आज बिहीबार बिहानको समयमा एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जनाएका छन् ।
मृतक पुरुष दुहबी-१० घर भएका अन्दाजी ३८ वर्षको रमेश हरीजन रहेको प्र.नि. पोखरेलले बताए।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ।




















