मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन्।
गएराति मापसे गरी हो-हल्ला गरेपछि काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। प्रहरी कार्यालयबाट छुटेपछि राईले भने,'बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ। त्यहाँ साथीहरूले हो-हल्ला गरे। उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे।'
हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो। रक्सी खाएपछि सामान्य हो-हल्ला जसले पनि गर्छ। हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? उनले प्रश्न गरे।
राजेशपायल राई लोकप्रिय कलाकार हुन्। स्वदेश तथा विदेशका कार्यक्रमहरूमा उनको उच्च माग रहेको छ।




















