पूर्वको सुन्दर पर्यटकिय स्थान सन्दकपुरमा हिउँ परेको छ।
इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुरमा हिउँ परेसंगै सन्दकपुरमा गाउँपालिकामा पर्ने यो स्थानमा पर्यटकिय गतिविधि बढ्ने देखिएको छ।सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलामको एक बिशेष पर्यटकीय क्षेत्र हो।
यहाँ बिश्व रामसार सूचीमा सूचीकृत माइपोखरी (२१२१मि) रामसार क्षेत्र, इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुर (३६३६ मि), छिन्तापु (३३५३मि), टप्पु, माबुथाम, हागेथाम, जौबारी र नेपालको दोस्रो अग्लो झरना टोड्के झरना (२७८फिट), जमुनाको ढाप पोखरी, कालपोखरी, सुकेपोखरी, लामपोखरी, हासपोखरी लगायतका अत्यन्त्यै रमणीय मनमोहन क्षेत्र रहेका छन्।