झापाको गौरीगञ्ज गाउँपालिका-१ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन्।

आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै प्रहरी चौकी महाभाराबाट प्रहरी टोली खटिगई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगई मृतक शवलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाईएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।