इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन्।
कांग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले बताए। उपसभापति देवानका अनुसार आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ। प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ।
पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन्।
खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन्। त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन्। नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन्।