सोलुखुम्बु, फाल्गुन ०६ गते
सोलुखुम्बुको सोताङ गाउँपालिका-३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ।
आज बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुला बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भईरहेको छ।