महिला मा लगानी सभ्य र सम्मुनत समाज को लगानी भन्ने मुल नाराका साथ  रंगेली ७  स्थित जनता क्याम्पस को खेल मैदान मा एक कार्यक्रम को आयोजना गर्दै १ सय १४ औं  अन्तर्राष्ट्रिय नारी दिवस  मनाएका छन्। 

राष्ट्रिय नाराको सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाएकोे हो।

मानव अधिकार सञ्जाल विराटनगर र महिला सञ्जाल सामाजिक संघ संस्था रंगेली को आयोजना तथा  सामाजिक विकास मन्त्रालय विराटनगर  को सहयोग र  सहकार्यमा  कार्यक्रम गरिएको थियोे। कार्यक्रम मा सबै वडा का महिला हरुको बाक्लो  सहभागी समेत रहेको थियोे।

कार्यक्रम को अध्यक्षता रंगेली नगरपालिका की उपमेयर भुमा पराजुली को नेतृत्व मा भएको थियो,भने कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया,विशिष्ट अतिथि बिराटनगर महानगरपालिका उपमेयर सिल्पा निरौला कार्की,जिल्ला समन्वय समिति उपप्रमुख उषा झा ठाकुर,प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,अतिथि विकास मन्त्रालय का सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल,राष्ट्रिय मानवअधिकार आयोग निर्देशक पवन भट्ट,सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल,प्रहरी उपरिक्षक नवराज कार्की,अनुसन्धान उपरीक्षक तिलक प्रसाई,रंगेली नगरपालीका प्रमुख प्रशासकिय अधिकृत  सबै वडा का अध्यक्ष हरु,विभिन्न महिला सन्जालका प्रतिनिधि, लगायत को समेत सहभागी रहेको थियोे।