कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको छ। आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाउनुभएको हो।
राजनीमा बुझाउनुअघि उहाँहरुले पत्रकार सम्मेलन गर्नुभएको थियो। सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताउनुभयो। “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उहाँले भन्नुभयो।
सो अवसरमा उहाँहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गर्नुभयो। उहाँहरुले प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गर्नुभयो।