नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त हुनुभएको छ। सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरुलाई आज उक्त जिम्मेवारी दिनुभएको हो।
यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य हुनुभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाउनुभएको हो। सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुन्छ।