झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो।
यसैगरी, अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो।
यस्तै, झापाकै बिर्तामोड नगरपालिका-३ बाट कमल गाउँपालिका-३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन्। लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।