इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको फाल्गुन पन्ध्र गतेवाट सुरु भइ चैत्र तिन गते मतदान सम्पन्न हुने भएको छ ।
तेइस सय दुइ जना उपभोक्ता संख्या रहेको इटहरीको एक नम्वर वडाको राष्ट्रिय मा.वी.वडा नम्वर दुइको महेन्द्र मा.वी.,तिन नम्वर वडाको सरस्वती मा.वी.,वडा नम्वर चारको कचना महादेव मा.वी,वडा नम्वर पाचको ज्योती मा.वी,वडा नम्वर छ को जनता मा.वी,वडा नम्वर सातको लक्ष्मी मा.वी,वडा नम्वर आठको सतन मा.वी,वडा नम्वर नौको जनता मा.वीमा नीर्वाचन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
निर्वाचनलाई स्वच्छ र मर्यादित वातावरणमा सम्पन्न गराउनको निम्ती इटहरीका राजनीतीकदल,नागरीक समाज,संघसंस्थाको प्रतिनिधी,सञ्चारकर्मीहरुको सहभागीता रहने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।पत्रकार सम्मेलनमा खानेपानी उमभोक्ता संस्था निर्वाचन समितीका प्रतिनिधीहरु अर्जुन कुमार दाहाल,चन्द्रप्रसाद भट्टराई,शालिकराम ढकाल लगायतको सहभागीता रहेको थियो ।