बेलबारी र सुन्दरहरैचाका दुई युवाले एकै दिन करिब एकै समय र एकै प्रकृतिबाट आत्महत्या गरेका छन्।
बेलबारी नगरपालिका वडा नम्बर-११ लक्ष्मीमार्ग निवासी वर्ष २६ का सबिन बिक र सुन्दरहरैँचा नगरपालिका वडा नम्बर-३ का वर्ष २४ का पुरन राईले मङ्गलबार आत्महत्या गरेका हुन।
बिक आफनै भुइँ घरको कोठाभित्र काठको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डी रहेको अवस्थामा बिहान करिब ११ः४५ बजे मृत्यु भेटिएका थिए। बिकको आत्महत्याको कारण खुल्न सकेको छैन। स्थानीयका अनुसार उनी घरमा एक्लै बस्थे। बिकको आमा वैदेशिक रोजगारमा विदेशमा छिन्।
त्यसैगरी, सुन्दरहरैँचा-३ स्थित सिक्मिेटोलका पुरन राईलाई करिब ११ः४५ को समयमा लिलामाया तामाङको भुइँ घरको कोठाभित्र बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
पुरन श्रीमती र ७ वर्षकी छोरीसहित फुपूको घरमा बस्दै आएका थिए। दुबै घटनामा स्थानीइले प्रहरीलाई खबर गरेका थिए। दुबै घटनाको अनुसन्धान भईरहेको बेलबारी प्रहरीले जानकारी दिएको छ।