दैलेखमा भएको सवारी दुर्घटनामा पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ सवार गाडी सडकमा पल्टिँदा उहाँ सामान्य घाइते हुनुभएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । 

आज ट्रमा सेन्टरमा गइ स्वास्थ्य जाँच गर्दा उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ। भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन।

एमाले महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आउनु भएको हो। जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो।

गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही पनि हुनुहुन्थ्यो। 

गाडीमा रहनुभएका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो।