मोरङको रङगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-समान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अबैध रुपमा चाँदीका समानहरुको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगाछी पञ्चायत-१३ का २२ बर्षीय मोहमत अलताफलाई चाँदीका समान सहित पक्राउ गरेको हो ।
अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी बरामद गरेको हो ।
अबैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।