स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार दिउँसो जनकपुरधाम उपमहागनरपालिका-२३ बेलापुरस्थित जनकपुरधामको श्री राम बोर्डिङ स्कुलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको मधुवनी जिल्ला घर भएका तथा हाल जनकपुरमै ससुराली बस्दै आएका २७ वर्षीय ममताज कवारी रहेका छन्। बा२प ७६० स्कुल बसले साइकल यात्री २७ वर्षीय कवारीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
स्कुल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।