काठमाडौँमा आम जनता पार्टी उपत्यका समन्वय समितिको आयोजनामा भ्रष्ट्राचार विरुद्ध खबरदारी मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।

शनिबार सो पार्टीले  देशमा भ्रष्टाचार र सरकारी बेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।  

कुपण्डोलबाट मोटरसाइकल र्याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सो पार्टीका नेताले सम्बोधन गरेका थिए ।