सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचेर एकजना बालकको मृत्यु भएको छ ।
स्थानीय एक घरको कोठा भाडामा बस्दै आएका अखिम बराइलीका ४ वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको गेट नजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किची सिकिस्त घाइते भएका अनिषलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।