केपी ओली कप को प्रचारप्रसारका लागि राष्ट्रिय युवा संघ बेलबारी नगर कमिटि बिरुद्ध नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटि बीच मैत्री पूर्ण खेल हुने
नेकपा एमालेको दुइ भातृ संगठन नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटि र राष्ट्रिय युवा संघ बेलबारी नगर कमिटि बीच मैत्रीपुर्ण फुट्बल खेल हुने भएको छ । नेपाल खेलकुद महा संघ र राष्ट्रिय युवा संघ बेलबारी नगर कमिटि बीच माघ २० गते मैत्रीपुर्ण फुट्बल खेल हुने भएको हो ।
यहि फागुन ११ गते देखि हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारप्रसार एवम् नेकपा एमालेका जनसंगठनबीच भाईचारा कायम गर्ने उदेश्यका साथ उक्त खेलको आयोजना गरिएको राष्ट्रिय युवा संघ बेलबारी नगर कमिटिका अध्यक्ष काशी तामाङ्ग ले जानकारी दिए।
बेलबारी नगरपालिका वडा १ अवस्थित नक्सालबारी खेल मैदानमा बिहान ९ बजे बजेदेखि सुरु हुने खेलमा सहभागी भई हौसला प्रदान गरिदिन हुन् सम्पुर्ण युवा,विद्यार्थी तथा खेलप्रेमीहरुमा नेपाल खेलकुद महा संघ बेलबारी नगर कमिटि अध्यक्ष डम्बर बाहादुर श्रेष्ठले अनुरोध गरेका छन् ।