धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीलाई उपस्थित गराइदिन माग गरेका छन् । उनले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेख्दै यस्तो माग गरेका हुन्।

मंगलबार मन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेख्दै मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपति कार्कीले कार्य कारिणी समितिको बैठक डाक्न नसकेको, कर्मचारी र चिकित्सकको माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सबै अधिकार फिर्ता लिएको, आफू अनुकुलको व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको मेयर साम्पाङले आरोप लगाएका छन्।

प्रतिष्ठानको कामय मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तुरुन्त उपस्थित गराइ हाल देखिएको समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन अनुरोध गर्दै साम्पाङले मन्त्री बस्नेतलाई पठाएको पत्रमा उल्लेख गरेका छन् ।