मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका-१५ बाट उद्धार गरेको हो ।
प्रहरीले जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो।
प्रहरीले अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई विराटनगर महानगरपालिका-१५ बाट सकुशल उद्धार गरेको छ।
बालक अपहरणमा परेको जानकारी पाउनसाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर (प्रहरी निरीक्षक) सन्दीप बेलबासे र इलाका प्रहरी कार्यालय बुधनगरका सइ (प्रहरी नायव निरीक्षक) विजय बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले बालकको उद्धार गरेको हो ।
बालकका बुवा एवं जहदा–१ का वडाध्यक्ष बाबुरामले छोराको अपहरणमा संलग्नलाई कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् ।