पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना  भएको छ । आजदेखि सञ्चालनमा आएको  उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गर्नुभयो ।

स्तनपान कक्ष देशभित्र तथा बाह्य मुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताउनुभयो । मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले  स्तनपान कक्ष स्थापना गरेको हो । 

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपान कक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्य कक्ष लगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखे शिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताउनुभयो ।