विराटनगर,२३ पौष 

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओबादीबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

सिटौलाको समर्थकका नेपाली कांग्रेसका हिमाल कार्की रहेको छन् भने प्रस्तापकमा प्रदिप सुनुवार रहेका छन् । यसैगरी माओवदीका उम्मेदवार कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री रहेका छन् भने प्रस्तापकमा माओवादीका गणेश उप्रेति रहेका छन् । सिटौला झापाका हुन भने कार्की ओखलढुंगाकी हुन । 

सिटौला गत प्रतिनिधी सभा निर्वाचनमा झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देन संग पराजित भएका थिए । सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भए अनुरुप नै उम्मेदवारी दर्ता भएको हो। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा-३ बाट पराजित भएका थिए । उम्मेदवारी दर्ता पछि सिटौलाले गठबन्धन दलहरु एक भएर लाग्ने र अगाडी बड्ने बताए । उनले पार्टी भित्रका विवाद पनि मिलाउने र आगामी दिनमा गठबन्धनलाई अझ बलियो बनाएर लैजाने बताए । 

nominesan (1)

कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउने भएको छ । 

एमालेले भने १ बजे उम्मेदवारी दर्ता गर्ने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले १ बजेको समय छुट्टाएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए । कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्र्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ । कोशीमा २ सिटका लागि ५ जनाले उम्मेदवारी दिने भएका छन् ।