गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ ।
कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । मन्त्रालयले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ ।
समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र राय सहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउनेछ । सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो।
स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा सुझावका लागि विषय राखिएको छ र सुझावका लागि गृह मन्त्रालयको वेबसाइटमा गएर विषयगत रूपमा विवरण लेखी पठाउन सकिने व्यवस्था मिलाइएको छ ।