जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
जाजरकोट भूकम्पपछि एकपछि अर्को गर्दै ३७ जनाको मृत्यु भइसकेको छ । हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् ।१७ कात्तिकमा भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका समेत गरी १५३ जनाको मृत्यु भएको थियो ।
भूकम्पको लामो समय बित्दा पनि त्रिपालमुनि बस्न बाध्य पीडितहरूले अस्थायी टहरो खडा गर्न सकेका छैनन् । जसले चिसोकै कारण ३७ जनाको ज्यान गइसकेको छ ।