प्रतिनिधिसमा सदस्य सुनिल शर्मा उपस्थिति रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको हो।

बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको पुष १८ गते बुधबार तोकिएको साधारण सभा रोक्न मागसहित उच्च अदालत मोरङमा रिट दर्ता समेत भएको थियो ।

साधारणसभामा ३३ प्रतिशत महिला सहभागी नगराएको,आम उपभोक्ताको भेला नगराएको लगायत विविध मागसहित साधारण सभा रोक्न बेलबारी-४ का होमकुमार राईले बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह , निर्वाचन समिति, सब डिभिजन बन कार्यालय, जिल्ला वन कार्यालयलाई समेत विज्ञप्ति बनाएर मुद्धा दर्ता गरिएको थियो।