विभिन्न संघ संस्थाको नेतृत्व गरिसकेको मुलुककै पुरानो र ठुलो पार्टी नेपाली कांग्रेज पार्टीको नगर पटिको पाटो पनि सम्हालिसकेका,अनुभवी र अन्य उमेरद्धारहरु भन्दा आर्थिक रुपमा पनि अहिलेसम्म बेलबारीमा निट एण्ड क्लिनमा सावित भएका,कुनै पनि संघ संस्थामा आर्थिक अपचलन नभए,नगरेको र नदेखिएका शम्भु भट्टराई एक पार्दशी व्यक्ति हुन् ।
बेतना समिसारमा ४०१ उमेदवार मध्येका एक उमेदवारमा शम्भु भट्टराई आफैँ स्वयम् हुन् भने अर्का उमेरद्धार पर्वत राई हुन् । भट्टराईलाई बेलबारी नगरपालिका वडा नं.४ को भूगोलबाट प्रतिनिधित्व गर्ने गरी नेपाली कांग्रेज पार्टी, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबाट संयुक्त रुपमा अगाडि बढाएको छ ।
त्यसैगरी अर्का तर्फका उमेरद्धार पर्वत राई नेकपा माओवादी केन्द्रसगँ समर्थक रहेका र आन्तरिक पार्टीले पनि उहाँलाई खुलेर आधिकारीक उमेदवारी नेकपा माओवादी पार्टी कै हो भन्ने नदेखिएको अवस्थामा शम्भु भट्टराईको जित सुनिश्चतता देखिएको छ ।
निर्वाचनमा उमेदवार रहेका ३९९ जनाले शम्भु भट्टराईलाई नै भोट दिनुपर्ने कारण, बेतना सिमसार क्षेत्रमा व्यक्ति प्रवेश शुल्क, पिकनिक, भ्रमण इत्यादिबाट आएको आम्दानी रकम छुट्याएर त्रिभुवन विश्व विद्यालय,क्याम्पसका रुपमा र विशेष गरेर बेलबारी नगरपालिकामा रहेको समुदायबाट सञ्चालित बेलबारी बहुमुखी क्याम्पसको संचालनका निर्मित रकम जुटाउने उहाँले प्रतिबद्धता गर्नुभएको छ ।
त्यसका साथै बेतना सिमसार क्षेत्रको उत्तरी भागलाई नितान्त अध्ययन अवलोकन केन्द्रमा स्थापित गरेर त्यस ठाउँमा जलचर,थलचर,जीव जनावरहरुको बासँस्थानलाई सुनिश्चितता गर्ने र सडकदेखि दक्षिणी भागमा नयाँ वस्तुहरु बनाएर त्यहाँको डिपीआर तयार भएपछि उक्त डिपीआरलाई अगाडि बढाई कार्यविधि नयाँ बनाएर कार्यविधि अगाडि बढाउदै , आउदा दिनमा पूर्वाञ्चल, बेलबारी र कोशी प्रदेशको उत्कृष्ट गन्तव्यका रुपमा आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्र बनाउने सोच तथा लक्ष्य बनाएर उहाँ निर्वाचनमा उमेदवारी हुनुभएको छ ।
उहाँले,बेलबारी नगरपालिका वडा नं.४ मा रहेका सबै सामुदायिक विद्यालयहरुमा पनि नाफाको निश्चित रकम सञ्चालन गरेर कर्मचारी पाल्ने,जीवजन्तुलाई खाद्यय पदार्थ उपलब्ध गराउने र त्यसको भौतिक विकाससगँ सगैँ आन्तरिक संरचना निर्माण गरेर शैक्षिक गुणस्तरका निर्मित बेतना सिमसारले केही प्रतिशत रकम हरेक वर्ष छुट्याउने साथै बेतना सिमसार हुर्दै जाने बेलबारी वडा नं. ४ को भूगाोलका जमिनहरु सुनिश्चित गरी त्यस ठाउँमा रहेका छ वटा पैनीलाई पनि मुनाफाको निश्चित प्रतिशत रकम हरेक वर्ष छुट्याएर कृषि योग्य जमिनलाई उर्वर बनाउन बेतना सिमसारले थप टेवा पुर्याउने” प्रतिबद्धता गर्नुभएको छ उमेदवार शम्भु भट्टराईले।