हवाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ औ बार्षिकोत्सव  अवसरमा विराटनगर नागरिक उड्डयन कार्यालयले विविध कार्यक्रमगरि रजत जयन्ती समारोह मनाएको छ । 

अवसरमा  विराटनगर विमानस्थलका निर्देशक रिन्ंजी शेर्पाले प्राधिकरणले हवाई क्षेत्रको नियमनकारी र सेवाप्रदायक काम गरिरहेको बताए । उनले विराटनगर विमानस्थलको भौतिक र प्राबिधिक क्षमता विस्तारको काम भईरहेको बताउ  । उनले विराटनगरमा सन् २०२५ असार देखि संचालनमा आएको विमान स्थलको आधुनिक स्तरमा विस्तार कार्य भइरहेको बताए । 

विराटनगर विमान स्थान विधि प्रकृया पुरा गरेर संचालनमा आएको पहिलो डोमेस्टिक एयरर्पोट भएको निर्देशक शेर्पाले बताए । उनले  विराटनगर विमान स्थलबाट २०२३ को नोबेम्बरसम्म ११ महिनामा ६ लाख १३ हजार ३ सयको आवागमन भएको बताए ।

रिन्जी शेर्पा निर्देशक, विराटनगर नागरिक उड्डयन कार्यालय ।

सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई ,उड्डयन कार्यलयका कर्मचारीहरु, नेपाल ट्राभल एजेन्टहरु, विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो । सो कार्यक्रममा रजत जयन्तीको अवसरमा आयोजित खेल प्रतियोगिताका खेलाडिहरुलाई सम्मान साथै पुरस्कार वितरण गरिएको थियो