काठमाडौँ, १५ पुस
नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप गरेको छ । पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराउनुभयो ।।
उहाँले नेपाल विद्यार्थी संघ,तरुण दल,महिला संघ,किसान संघ,लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो ।अधिवेशनका लागि तदर्थ समिति बनाइयो तर यो बीचमा अधिवेशन हुन सकेन ।अहिले अन्तिम पटकका लागि ६ महिनाको समय थपिएको छ । यो ६ महिनामा पनि अधिवेशन भएन भने तदर्थ समिति भंग गरेर नयाँ ल्याउने जानकारी दिनुभयो।