काठमाडौँ,१४ पुस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’लिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ,गृहसचिव दिनेश भट्टराई,नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल,ललितपुरका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री दाहाललाई उहाँहरुले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।