कानेपोखरी गाउपालिका वडा न ७ आइतबारे मा अवस्थित श्री जन कल्याण माध्यमिक बिद्यालयमा पोशाक वितरण गरेको छ। बिद्यालयकै आयोजना मा उक्त पोशाक वितरण भएको हो। मोरंग क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य डा सुनिल कुमार शर्मा को निजि स्रोत मा बाल कक्षा देखि कक्षा ५ सम्म का बिध्यार्थिहरुलाई न्यानो पोशाक वितरण भएको हो।  बिद्यालयका व्यवस्थापन समिति सदस्य काशीनाथ खनालको को अध्यक्षता तथा कानेपोखरी गाउपालिका अध्यक्ष राजमती इङ्गनामको प्रमुह अतिथिमा कार्यक्रमको आयोजना भएको थियो। 

IMG_2471

वितरण कार्यक्रममा मा डा. सुनिल कुमार शर्मा को पिता लोक नाथ न्यौपान  र माता होमा देबी न्यौपान तथा काका घनेन्द्र न्यौपानेको हात बाट पोशाक वितरण भएको हो।  

IMG_2456

कार्यक्रममा विद्यालयका प्राध्यापक पुष्प सुबेदीले यस  बिद्यालयमा अध्यायन गर्न आउने बिध्यार्थिहरुका अभिभाबक हरुको न्युन्न आर्थिक अवस्थाका बालबालिकाहरु अध्ययनरत छन् बिध्याथिहरुलाइ अध्ययनका लागि आवश्यक पर्ने बिद्यालय पोशाक शैशिक सामग्री हरु प्रयाप्त मात्रा मा नभएको अवस्था पनि रहेको छ ,यस्ता समस्याले शिक्षण शिकाइमा असर पर्ने भएकाले आजको यस न्यानो पोशाक वितरण बाट केहि सहयोज बिध्यार्थिहरुलाई पुगेको माननीय डा सुनिल कुमार शर्मालाइ धन्यबाद दिदै बताएका थिए।  

IMG_2454

कानेपोखरी गाउपालिकाले यस पालि न्यानो कपडा को रुपमा कम्बल वितरण कार्यक्रम ल्याएको छ ,बिध्यार्थिहरुका लागि आज यसै क्षेत्रका सांसद माननीय डा सुनिल कुमार शर्माले न्यानो कपडा सुइटर ट्रयाक 

सुट वितरण गर्नु भएको छ ,बिध्यार्थिहरुलाई जुन स्रोत बात आएपनि पाएका छन् ,डा शर्माले पालिका संग पनि हातेमालो गरेर बिकासका काम पनि गर्नु  हुन्छा भन्ने आश गरेको छु प्रमुख अतिथि कानेपोखरी गाउपालिका अध्यक्ष राजमती इङ्गनामले बताए। 

IMG_2455

 डा शर्मा ले अघिलो बर्ष विद्यालयलाई बसको को व्यवस्थापन गर्दिए का थिए ,आज न्यानो कपडा वितरण गर्दै छन् यो सब बिद्यालय तथा विद्यालयका बिद्यार्थी हरुका लागि गरेका छन् ,तपाई हरुले यस क्षेत्र बाट कस्तो सांसद पाउनु भएको छ ,तपाई आफै भुज्नु भएको छ ,संसारकै धनि व्यक्तिमा चिनिएका हाम्रा देशका नेता हरु सरकारको तलब खाएर बसेका छन् , तर डा शर्माले सरकार तलब भत्ता न खाइ जनताका लागि दिन रात न भनि काम गरिरहेका छन् ,आज पालिका अध्यक्षले आफ्नो व्यस्तताको समय देखाउदै कार्यक्रम बाट निस्किनु भयो ,अध्यक्षले उल्लेख गर्नु पर्थियो कि आरु पालिका भन्दा हाम्रो पालिकामा शिक्षा लाइ कसरि अगाडी लाने भनेर तर अध्यक्ष बस्नु भएन डा शर्मा का काका घनेन्द्र न्यौपानेले बताए।  

IMG_2458

विद्यालयले डा शर्मा का माता पिता लाई दोसल्लाह ओढाई सम्मान गरेको थियो। कार्यक्रममा बिध्यार्थीहरुले आफ्ना गायन नृत्य प्रस्तुति समेत गरेका थिए।